उमेश साहलाई प्रथम उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार

पहिलो पटक उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार जनकपुरका पत्रकार उमेश साहलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले संयोजक, लेखक तथा स्तम्भकार चन्द्रकिशोर झा सदस्य र स्वर्गीय उमा सिंहकी आमा सुशीलादेवीका प्रतिनिधि रमेशकुमार साह सदस्य रहेको समितिले महासंघ धनुषा शाखाका पूर्वअध्यक्षसमेत रहनु भएका मिथिला ऋतु साप्ताहिकका सम्पादक साहलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

पत्रकार उमा सिंहको हत्या भएपछिका दिनमा हत्यारालाई कारबाही गराउन, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पत्रकारिता र महासंघको नेतृत्वमा रहेर निर्वाह गर्नु भएको भूमिकालाई समेत दृष्टिगत गरेर साहलाई यो पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारको राशी रु. १०,०००। (दश हजार) रहेको छ । पुरस्कार महासंघको स्थापना दिवसका अवसरमा प्रदान गरिने छ ।

२०६५ पुस २७ गते जनकपुरमा उमा सिंहको हत्या भएको थियो ।

Comments are closed.