नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिताकुमारी साहका पूजनीय ससुरा महेन्द्रनारायण साहको निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

मिति : २०८३।०२।२९

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिताकुमारी साहका पूजनीय ससुरा महेन्द्रनारायण साहको निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

सप्तरीको महादेवा गाउँपालिका–४ लक्ष्मिनियाँ निवासी साहको २०८३ जेठ २२ गते निधन भएको महासंघ सप्तरी शाखाले जनाएको छ ।

महासंघ स्वर्गीय साहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ ।

साथै, शोकको यस घडीमा केन्द्रीय सदस्य ललितासहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

…………………

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्