मिति : २०८३।०२।२७
धनुषाको जनता माध्यामिक विद्यालय, गिद्धा बेलापट्टीका प्रधानाध्यापक पवन मण्डलले सञ्चारकर्मीविरुद्ध सामाजिक सञ्जालबाट देखाएको व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । समाचार लेखेकै कारण मण्डलले निरन्तर रुपमा सञ्जालमा पत्रकार सञ्जीव मण्डल र काशीन्द्र शर्मालाई लक्षित गर्दै अशोभनीय र आपत्तिजनक शब्दहरू प्रयोग गरेको महासंघ धनुषा शाखाले जनाएको छ। प्रधानाध्यापकजस्तो जिम्मेवार व्यक्तिबाट पदीय मर्यादाको ख्याल नगरी प्रविधिको दुरुपयोग गर्दै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई बदनाम गराउने कामको महासंघ निन्दा र भर्त्सना गर्दछ ।महासंघ यो घटनाको छानबिन गरी दोषीउपर आवश्यक कानुनी कारबाही गर्न र पत्रकार र पत्रकारिता क्षेत्रमाथि हुने यस किसिमका हर्कत नियन्त्रणमा कडा कदम चाल्न सम्बन्धित निकायसँग माग गर्दछ ।
साथै, पत्रकारिताको धर्म निर्वाह गर्दा पत्रकार आचारसंहिताको पालनाप्रति जिम्मेवार हुन पत्रकारलाई आग्रह गर्दछ।
रामप्रसाद दाहाल
महासचिव