नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार– २०२४, दरखास्त आह्वान


नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार– २०२४, दरखास्त आह्वान

प्रकाशित मिति : २०८२/१२/१९

अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीहरुको साझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले प्रत्येक दुई वर्षमा  प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि २०७९ बैशाखदेखि २०८० चैत मसान्तसम्म प्रकाशित तीनवटा समाचार सामग्री तोकिएको फारम भरी [email protected] मार्फत २०८३ बैशाख १० गते भित्र दरखास्त दिन आह्वान गरिन्छ । यो पुरस्कार नेपालको ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, संस्कृति, विकास निर्माण र सुशासनको क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा सञ्चार संस्थालाई प्रदान गरिनेछ । दरखास्त फारम www.fnjnepal.org वा www.neajausa.org बाट डाउनलोड गर्न सकिनेछ ।

 डाउनलोड गर्नुहोस्