पत्रकार कमल बोहोरालाई कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८३।०२।२५

पत्रकार कमल बोहोरालाई कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

अनियमिततासम्बन्धी समाचारलाई लिएर यही जेठ २४ गते राति ९ बजेको समयमा एक समुहले कुटपिट गर्दा पालिका समय डटकमका सम्पादक बोहोराको अनुहार, हात र खुट्टामा चोट लागेको महासंघ काठमाडौं शाखाले जनाएको छ । महासंघ घाइते बोहोराको स्वास्थ्यलाभको कामना गर्दछ ।

समाचारप्रति चित्त नबुझे प्रचलित विधिमार्फत समाधान खोज्नुको साटो पत्रकारमाथि आक्रमणमा उत्रिनु प्रेस स्वतन्त्रताविरोधी हर्कत हो ।

महासंघ यो घटनाको कडा शब्दमा निन्दा गर्दछ । र, संलग्न समुहलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्