पत्रकार संतोष सिंहको सवारी साधन तोडफोड भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति :२०८१/१०/२४

पत्रकार संतोष सिंहको सवारी साधन तोडफोड भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

गएराति महोत्तरीको गौशाला नगरपालिका १२ स्थित आफ्नै घरको आगनमा पार्किङ गरिराखेको सवारी साधनमा अज्ञात समुहले तोडफोड गर्दा गाडीको अगाडि भागको सिसामा पूर्ण रुपमा क्षति पुगेको पत्रकार सिंहले महासंघलाई जानकारी गराएका छन् ।

महासंघ यस घटनाको कडा शब्दमा विरोध गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ । साथै, महासंघ पत्रकारिता पेशालाई सम्मान गर्दै पत्रकारलाई निर्भयताका साथ पेशामा लाग्ने वातावरण निमार्ण गर्न सबैसँग आग्रह गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्