समाचार लेखेकै आधारमा पत्रकार राजु सुवेदीलाई भौतिक आक्रमणसम्मको धम्की दिइएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८२।११।१९


समाचार लेखेकै आधारमा पत्रकार राजु सुवेदीलाई भौतिक आक्रमणसम्मको धम्की दिइएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । 

भारतीय नागरिकता बोकेको व्यक्तिलाई नेपाली नागरिकता वितरणबारेको समाचारको निहुंमा सुवेदीलाई सामाजिक सञ्जाल र फोनबाट धम्की आएको महासंघ काठमाडौं शाखाले जनाएको छ ।
समाचारमा असहमत पक्षले प्रचलित विधिबमोजिम उपचार नखोजी पत्रकारलाई धम्की दिनु निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको अपराध हो ।
धम्की दिने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ । 


 रामप्रसाद दाहाल
 महासचिव