नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सहसचिव किशोरकुमार तामाङलाई पितृशोक परेको खबरबाट महासंघ दुःखी

मिति : २०८२।११।१७

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सहसचिव किशोरकुमार तामाङलाई पितृशोक परेको खबरबाट महासंघ दुःखी भएको छ ।

उहाँका पूजनीय पिता मलाङक तामाङको ८७ वर्षको उमेरमा यही फागुन १६ गते निधन भएको शाखाले जनाएको छ ।

महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव