मिति : २०८२।११।१७
पत्रकार सुदिप थापालाई धनगढी उपमहानगरपालिका–३ मित्रनगरमा स्थानीय हिमांशु बोहरासहितका व्यक्तिले कुटपिट गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
यही फागुन १६ शनिबार राति कार्यालयबाट घर फर्कने क्रममा कुटपिट हुँदा थापाको आँखा र टाउकोमा चोट लागेको महासंघ कैलाली शाखाले जनाएको छ ।
यो घटना आफैंमा निन्दनीय र प्रेसविरोधी काम हो । महासंघ दोषीलाई तत्काल कानुनी दायरा ल्याउन र प्रेसको सुरक्षालाई विशेष ध्यान दिन स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ ।
साथै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव