मिति : २०८२।०३।१०
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य क्षितिज अरुण श्रेष्ठको ५५ वर्षको उमेरमा असामयिक निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत श्रेष्ठको असार ८ गते आइतबार निधन भएको हो ।
उहाँले वि. सं. २०५४ देखि २०५६ सम्म पहिलो पटक र २०५६ मंसिर १८ गतेदेखि २०५९ वैशाख ३० गतेसम्म दोस्रो पटक महासंघको केन्द्रीय सदस्यका रूपमा दुई कार्यकाल व्यतीत गर्नु भएको थियो ।
लामो समय खेलकुद र फोटो पत्रकारितामा क्रियाशील रहेका श्रेष्ठले विभिन्न सञ्चार माध्यममा काम गर्नुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता जगत्ले एक कुशल, जुझारु र अनुभवी पत्रकारलाई गुमाएको छ ।
महासंघ स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा उहाँकी धर्मपत्नी र छोरीसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।
स्वर्गीय श्रेष्ठका श्रीमती र एक छोरी हुनुहुन्छ ।
…………………..
रामप्रसाद दाहाल
महासचिव