मितिः २०८३।०६।०१
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपसभापति सुवास ढकाललाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध भएको छ । ८१ वर्षीया उहाँकी ममतामयी आमा भिमादेवी ढकालको २०८३ भाद्र ३१ गते बुधबार निधन भएको छ ।
महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा वरिष्ठ पत्रकार सुवास ढकालसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव