मिति : २०८३।०५।३१
पत्रकार सुन्दरकुमार थकालीलाई ‘छेतन गुरुङ ’नामक व्यक्तिले हवाट्सएपमार्फत ज्यान मार्ने धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
यही भाद्र २८ गते ‘मुस्ताङ भन्सार बाहिर कन्टेनर चालकहरूको विरोध, सीमापारी लगेको कन्टेनरहरूमा क्षति पुगेको आरोप’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर महासंघ मुस्ताङ शाखाका निवर्तमान अध्यक्ष थकालीलाई अश्लील तथा अपमानजनक शब्द प्रयोग गरी गालीगलौजसमेत गरिएको महासंघ गण्डकी प्रदेश समितिले जनाएको छ ।
समाचार चित्त नबुझे प्रचलित बिधिअनुसार समाधान खोज्नुको सट्टा पत्रकारलाई त्रसित, आतंकित र अपमानित गर्ने काम हुनु अत्यन्तै निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो ।
महासंघ घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव