महासंघले गर्‍यो दोस्रो चरणको आन्दोलनको घोषणा : सक्रियतापूर्वक सफल बनाउन सम्बद्ध सबैमा आहृवान

मिति : २०८३।०८।१०

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनाधिकृत गाडी तेर्स्याउनेलाई हालसम्म कारबाही नगरिएको, गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यम तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासनलगायत, श्रम अधिकारको उल्लंघन, लोककल्याणकारी विज्ञापन बापत पत्रपत्रिकाले प्राप्त गरिरहेको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम नगरेको तथा वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलनरत छ ।

महासंघको पहिलो चरणको आन्दोलन देशव्यापी रुपमा सफलतापूर्वक सम्पन्न भएको सन्दर्भमा सरकारले आन्दोलनलाई अझै नजरअन्दाज गरिरहेको छ । अतः सकारलाई थप दबाब दिन र संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई महासंघको मागमा सहमत गराउन दोस्रो चरणमा देहायका आन्दोलन घोषणा गरिएको छ । घोषित आन्दोलनलाई सक्रियतापूर्वक सफल बनाउन महासंघ सम्बद्ध सबैमा हार्दिक आहृवान गर्दछ ।

आन्दोलनका कार्यक्रम

(जिल्ला शाखाले जिल्ला समिति, प्रदेश समितिले प्रदेश समिति र काठमाडौं उपत्यकाका जिल्ला शाखाहरू, प्रदेश समितिहरू र केन्द्रीय समितिले केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि १२ सम्म गर्ने गरी ।)

२०८३ मंसिर १३ गते – ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः ‘रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेउ’ भन्ने नारासहित रास्वपाको कार्यालयमा १ घण्टा धर्ना दिने ।

२०८३ मंसिर १४ गते – ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः प्रमुख विपक्षी दल किन मौन ?’ भन्ने नारासहित प्रमुख विपक्षी दल नेपाली कांग्रेसको कार्यालयमा १ घण्टा धर्ना दिने ।

२०८३ मंसिर १५ गते – ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः विपक्षी दल किन मौन ?’ भन्ने नारासहित भन्ने नारासहित एमाले पार्टी कार्यालयमा १ घण्टा धर्ना दिने ।

२०८३ मंसिर १६ गते – ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः विपक्षी दल किन मौन ?’ भन्ने नारासहित भन्ने नारासहित नेकपा पार्टी कार्यालयमा १ घण्टा धर्ना दिने ।

२०८३ मंसिर १७ गते – ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः विपक्षी दल किन मौन ?’ भन्ने नारासहित भन्ने नारासहित श्रम संस्कृति पार्टी कार्यालयमा १ घण्टा धर्ना दिने ।

२०८३ मंसिर १८ गते – ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः प्रमुख दल किन मौन ?’ भन्ने नारासहित भन्ने नारासहित राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यालयमा १ घण्टा धर्ना दिने ।

२०८३ मंसिर २० गते – कालो लुगा, कालो पट्टी र कालै माक्स लगाएर काठमाडौंको माइतीघर र काठमाडौं बाहिरको जिल्लाका सदरमुकामहरूमा प्रदर्शन गर्ने ।

नोट : कुनै पनि दलले महासंघको मागप्रति लिखित रुपमा ऐक्यवद्धता जनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्धता जनाए सो दलको कार्यालयमा धर्ना दिइने छैन । यसबीच महासंघका माग सम्बोधन नगरिए तेस्रो चरणको आन्दोनलका कार्यक्रम गरिनेछ ।

रामप्रसाद दाहाल

महासचिव