कर्णाली प्रदेशमा सञ्चालन हुने आर्थिक पत्रकारिता तालिमका तथा मेन्टरसिपका लागि आवेदन आह्वान


नेपाल पत्रकार महासंघले कर्णाली प्रदेशमा कार्यरत पत्रकारहरूका लागि २०८३ मंसिर १२ देखि १४ गतेसम्म तीनदिने आर्थिक पत्रकारिता (महिला उद्यमशीलता प्रवद्र्धन) तालिम सञ्चालन गर्दैछ । यस तालिमको मुख्य उद्देश्य महिला आर्थिक सशक्तीकरणका विषयमा सार्थक र प्रभावकारी रिपोर्टिङ प्रवद्र्धन गर्दै लैङ्गिक संवेदनशील आर्थिक पत्रकारितालाई सुदृढ गर्नु हो । यस तालिम तथा मेन्टरसिप कार्यक्रममा सहभागी हुन इच्छुक कर्णाली प्रदेशमा कार्यरत पत्रकारहरूले तलको दिइएको लिङ्कमा उपलब्ध गुगल फर्म भरी मिति २०८३ मंसिर ५ गतेभित्र आवेदन दिनुहुन अनुरोध छ ।
सहभागी पत्रकारहरुले तीन दिने प्रशिक्षण कार्यक्रममा पूर्ण रुपमा सहभागी हुनुका साथै प्रशिक्षणपश्चात फेलोसिप कार्यक्रम अन्गर्तत आफ्नो क्षेत्रमा महिला उद्यमशीलता विषयका कम्तिमा तीनओटा रिपोर्ट प्रकाशन वा प्रसारण गर्नुपर्ने छ ।

सहभागीताका लागि न्यूनतम मापदण्ड


१.     कर्णाली प्रदेशमा कार्यरत पत्रकार
२.     पत्रकारिता क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव
३.     आर्थिक पत्रकारितामा अनुभव भएका तथा आधारभूत पत्रकारिता तालिम प्राप्त पत्रकारहरुलाई प्राथमिकता दिइने
४.     कार्यरत मिडियाबाट सिफारिश गरिएको तथा बिदाको व्यवस्था गरेको पत्र संलग्न गर्नुपर्नेछ । साथै आफूले तयार गरेको रिपोर्टहरु कार्यरत मिडियामा प्रकाशन वा प्रसारण गर्नका लागि सम्बन्धित मिडियाको सहमति पत्र पनि संलग्न गर्नुपर्नेछ ।

लैङ्गिक संवेदनशील आर्थिक पत्रकारिता प्रशिक्षण आवेदन फारम


थप जानकारीका लागि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति वा महासंघ केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुहुनु अनुरोध छ ।

 

नेपाल पत्रकार महासंघ
केन्द्रीय कार्यालय  
सञ्चारग्राम काठमाडौं ।