पत्रकारिता जगतलाई लाञ्छित गर्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले दिनुभएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८३।०८।१०

पत्रकारिता जगतलाई लाञ्छित गर्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले दिनुभएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही मंसिर ८ गते मंगलबार घोराहीमा भएको एक कार्यक्रममा उपरीक्षक केसीले कानुनी प्रक्रियाबिना मनोगत ढंगले सिंगो पत्रकारिता जगतमाथि आँच पुग्नेगरी आरोप लगाएको महासंघको दाङ शाखाले जनाएको छ । यस्तो अभिव्यक्ति अत्यन्तै निन्दनीय र खेदजनक छ ।

महासंघ संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गर्दै गैरजिम्मेवारी अभिव्यक्ति तत्काल सार्वजनिक रुपमा सच्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

रामप्रसाद दाहाल

महासचिव