Deputy Prime Minister and Honorable Minister for Home Affairs Bamdev Gautam launching “Strategic Vision Paper” for Safer, Freer and Empowered Media Project of FNJ in partnership with Equal Access and International Alert on 21/05/2014. Photo: Shaligram Tiwari/FNJ A Training Workshop on Media Rights Monitoring and Advocacy  on 15-16 July 2014 hosted by FNJ with the support of IFJ and UNDEF. A Workshop on Union Leadership was also held on 14 July 2014. Photo: FNJ Discussion program with Media Society, Television Broadcasting Nepal and Media Owner on the topic of Working Journalist Act and media issue has organized by FNJ on 12 August 2014. Photo:FNJ An interaction program held in media village with concerned authorities on the topic of challenges faced by women journalists and  measures to solve the problems on 13 August 2014. Photo: FNJ The cheque of Three Lakh One hundred One rupees sent from Nepal America Journalists Association (NEJA) for the treatment of injured economic journalist Hari Prasad Adhikari 'Kiran' and Modhnath Dhakal is handed to Society of Economic Journalists (SEJAN) by FNJ on 14 August 2014. Both journalists had sustained serious injury in bus accident on July 24. Journalist dhakal has returned home after his  health recovery and journalist Adhikary is still undergoing treatment at B & B hospital. Photo: FNJ
FNJ newly elected Central Committee Members meets with Honorable President of Nepal Ram Baran Yadav. Photo:Shaligram Tiwari/FNJ

Chinese delegates meeting Dr.Minendra Rijal, Minister for Information and Communications. Photo:Shaligram Tiwari/FNJ

 
Chinese delegates meeting Subash Chandra Nemwang, Chairperson of Constituent Assembly on 23 May 2014. Photo:Shaligram Tiwari/FNJ

Newly Elected FNJ Central Committee Members at Leadership Handover Program on 11 May 2014. Photo: Shaligran Tiwari/FNJ FNJ General Secretary Ujir Magar inaugurating the training for journalist on “Right to Information and Investigative Journalism” in Ilam on 31 May 2014. The training was organized under “Empowering people to enjoy their Right to Information for greater accountability of Nepal's power holders” project- supported by European Union. Photo: Deepesh Sthapit/FNJ President Ram Baran Yadav inaugurating the new  building of Federation of Nepali Journalists (FNJ) Headquarters in the capital on 30 April 2014. 2nd Meeting of FNJ newly elected Central Committee held in Department of Information, Media Village, Tilganga on 13 July 2014. FNJ President Dr.Mahendra Bista, Vice President Anita Bindu and Treasurer Suryamani Gautma with IFJ General Secretary Beth Costa, IFJ Asia-Pacific Deputy Director/Projects Director Jane Worthington and Bagladeshi Journalist Nadia Sharmeen during the FNJ Headquarter visit on 20 July 2014. Photo: FNJ

माननीय सूचना तथा सञ्चारमन्त्रीलाई ध्यानाकर्षणपत्र

नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानको सर्न्दर्भमा तत्काल संबोधन हुनुपर्ने केही विषयहरू यहाँ समक्ष प्रस्तुत गरेका छौं । विश्वास छ, यहाँले यी विषयलाई गम्भीरतापूर्वक लिई तत्काल संबोधनको पहल गर्नुहुने छ । …विस्तृत

नेपाल पत्रकार महासंघको
शिक्षा पत्रकारिता पुरस्कार सम्वन्धी जरुरी
सूचना
मिति ः२०७१।०२।०४

नेपाल पत्रकार महासंघ र शिक्षा विभागको सहकार्यमा विगतका वर्षझै यस वर्षपनि रु. ७५,०००।- राशीको एउटा राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार, त्यसैगरी काठमाडौं उपत्यकालाई १ क्षेत्र मानी ५ विकास क्षेत्रसहित १/१ जनाका दरले ६ वटा रु. २५,०००।- का दरले क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने छ । साथै, प्रत्येक विकास क्षेत्रबाटै २/२ जनाका दरले १२ जनालाई जनही रु. १५,०००।- का दरले शैक्षिक लेखनवृत्ति प्रदान गरिने भएको छ । विगत वर्षेखि प्रदान गरिँदै आएको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार अर्न्तर्गत टेलिभिजनमध्येबाट एक टेलिभिजनलाई रु.४०,०००।-, राष्ट्रिय दैनिक पत्रिका मध्येबाट एक राष्ट्रिय दैनिकलाई रु. ४०,०००।- र पाँच विकास क्षेत्रको एक/एक वटा एफ एम र उपत्यकाको एक गरी ६ वटा एफ एम रेडियोलाई रु. २०,०००।- का दरले पुरस्कार प्रदान गरिने छ । …विस्तृत

नेपाल पत्रकार महासंघको २०७१ वैशाख २०-२२ मा काठमाडौंमा सम्पन्न २४ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. महेन्द्र विष्टले
२०७१ वैशाख २८ गते पदभार ग्रहणका अवसरमा  दिनुभएको मन्तब्य

पदभार हस्तान्तरणको यो महत्वपूर्ण क्षणमा म सवैभन्दा पहिले महासंघका संस्थापक सभापतिलगायत संस्थापनाकाल र त्यसपछिको नेतृत्व जसले महासंघलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्वपूर्ण योगदान गर्नुभयो, ससम्मान उहाँहरुको स्मरण गर्न चाहन्छु । साथै, नेपाली पत्रकारिताको क्षेत्रमा रहेर आफ्नो पेशागत धर्म निर्वाहको क्रममा जीवन आहुति दिनुहुने पत्रकारहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । बेपत्ता पत्रकार र विभिन्न आन्दोलनका क्रममा घाइते पत्रकार तथा द्वन्द्वपीडित पत्रकारका परिवारजनलाई पनि म यो क्षणमा स्मरण गर्न चाहन्छु ।

नेपाल पत्रकार महासंघको पछिल्लो २४ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्नुहुने सवै सभासद, हामीलाई यो जिम्मेवारीका लागि विश्वास गर्ने साथीहरु, अध्यक्षमण्डल, निर्वाचन समितिसहित सम्बद्ध सवैमा म नवनिर्वाचित टीम र आफ्नो तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु । निवर्तमान अध्यक्ष शिव गाउँलेसहित सिंगो कार्यसमितिलाई सफल कार्यकालको निम्ति हार्दिक बधाई ज्ञापन गर्दछु र यसपछिको उहाँहरुको व्यक्तिगत र व्यावसायिक जीवनको सफलताको शुभकामना व्यक्त गर्दछु । …विस्तृत

तालिम अभियानमा महासंघ

पत्रकारिता पेशालाई मर्यादित र जिम्मेवार बनाउने तथा आम पत्रकारहरुको क्षमता अभिवृद्धि गराउने मुख्य उद्देश्यसहित नेपाल पत्रकार महासंघले अहिले देशभर पत्रकारिता तालिम सञ्चालन गरिरहेको छ । महासंघका विभिन्न क्षेत्रीय संयोजन समिति तथा विभागहरु मार्फत सञ्चालन भइरहेका तालिममा ठूलो सङ्ख्यामा पत्रकारहरु सहभागी भएका छन् ।

सूचना र संचारको विकास र त्यसमा बढ्दै गएको आकर्षणसँगै पछिल्लो समय पत्रकारिताप्रति पनि आकर्षण बढिरहेको छ । देशैभरको ठूलो युवा जनशक्ति यो पेशामा आवद्ध भइरहेको छ । पत्रकारिसूचना र संचारको विकास र त्यसमा बढ्दै गएको आकर्षणसँगै पछिल्लो समय पत्रकारिताप्रति पनि आकर्षण बढिरहेको छ । देशैभरको ठूलो युवा जनशक्ति यो पेशामा आवद्ध भइरहेको छ । पत्रकारितामा देखिएको यही आकर्षणका कारण विभिन्न विश्वविद्यालय तथा उच्च माध्यमिक र माध्यमिक तहका शिक्षण संस्थाहरुले पत्रकारिता विषय अध्यापन थालेका छन् । यसबाहेक पत्रकारिता अध्यापन गराउने विभिन्न निजी कलेज तथा तालिमे संस्थाहरु पनि व्यापक मात्रामा खुलेका छन् । अहिले देशका ९ वटा विश्व विद्यालय मध्ये अधिकांशले पत्रकारिता विषय अध्यापन गराउने गरेका छन् । …विस्तृत