नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सल्लाहकार गणेश कञ्चन भारतीलाई पितृशोक परेको खबरबाट नेपाल पत्रकार महासंघ दुःखी

 

मिति : २०८२।११।०४

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सल्लाहकार गणेश कञ्चन भारतीलाई पितृशोक परेको खबरबाट नेपाल पत्रकार महासंघ दुःखी भएको छ । उहाँका पूजनीय पिता मोहनलाल भारतीको ७३ वर्षको उमेरमा यही फागुन ३ गते निधन भएको हो ।

महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । र, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव