मिति : २०८२।११।०३
पत्रकार मोतिराम तिमल्सिना र लक्ष्मण तिमल्सिनाको निवासमा तोडफोड भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
२०८२ माघ २९ गते राति २ः०० बजेको समयमा तिमल्सिनाद्वयको बनेपा नगरपालिका–९ स्थित निवासमा तोडफोड भएको महासंघ काभ्रेपलाञ्चोक शाखाले जनाएको छ ।
पत्रकारितामा समर्पित व्यक्तिको भौतिक संरचनामा तोडफोड हुनु अत्यन्त निन्दनीयमात्र होइन सार्वजनिक अपराध हो । महासंघ यो अपराधिक कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव