मिति : २०८२/१०/२८
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकी उपाध्यक्ष आशा कुमारी तोलाङ्गेलाई मातृशोक परेको छ । उहाँकी ७० वर्षीय आमा मैया तोलाङ्गेको गएराति निधन भएको महासंघ महोत्तरी शाखाले जनाएको छ ।
महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकमा रहनुभएकी उपाध्यक्ष आशासहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव