मिति : २०८२।१०।२६
समाचारप्रति असहमति राखी केही व्यक्तिले पत्रकार शिवप्रसाद ढुंगानालाई धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता ज्ञानबहादुर खड्का (जीबी) सँग सम्बन्धित समाचार र भिडियो लिंक फेसबुकमा पोष्ट गरेका कारण पटकपटक टेलिफोन मार्फत धम्की आएको जानकारी ढुंगानाले गराएको महासंघ ओखलढुंगा शाखाले जनाएको छ ।
समाचार चित्त नबुझे कानुन र विधिसम्मत समाधान खोज्ने विकल्प हुंदाहुंदै पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी कदम भएकाले महासंघ यस कार्यको भत्र्सना गर्दछ । घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न सम्बन्धित निकायसँग माग पनि गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव