सम्झौता कार्यान्वयनमा दबाब दिन मोबाइल ‘एसएमएस’ पठाउने

 

मिति : २०८२।१०।१४

नागरिक दैनिकमा देखिएको श्रम समस्यालाई लिएर नेपाल पत्रकार महासंघ र नेपाल रिपब्लिक मिडिया लिमिटेडबीच २०८२।०४।२२ गते भएको सम्झौता कार्यान्वयनका लागि पटकपटक वार्ता, संवाद र सहमतिको पहल महासंघले लिदै आएको छ ।

महासंघको विनम्रता र अनुरोधलाई उक्त लिमिटेडले कमजोरी ठानी सहमति कार्यान्वयन नगरेपछि पूर्व सूचना दिएर महासंघ सम्झौता कार्यान्वयनका लागि दबाब दिन आन्दोलित भएको छ ।

यस क्रममा प्रकाशन र प्रसारण अवरोध नहुनेगरी आज लिमिटेड व्यवस्थापनको कार्यकक्ष बाहिर तालाबन्दी गरिएको छ । यही माघ ४ गतेदेखि धर्नालगायतका आन्दोलन गर्दा समेत लिमिटेड व्ववस्थापन वार्ता, संवादमार्फत सहमति कार्यान्वयनमा लचक नदेखिएपछि महासंघ तालाबन्दीको बाध्यतामा पुगेको हो।

महासंघले सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने अठोट लिएको छ । त्यस क्रममा २०८२ माघ १६ गते शुक्रबार देशभर रहेका महासंघका प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाबाट सम्झौता कार्यान्वयनमा दबाब दिन लिमिटेड व्वस्थापकको मोबाइलमा ‘एसएमएस’ पठाएर आन्दोलन गर्ने तय भएको छ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्