नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सहसचिव विक्रम रत्नलाई पितृशोक परेको छ

 

मितिः २०८२।०८।०६

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सहसचिव विक्रम रत्नलाई पितृशोक परेको खबरले महासंघ स्तब्ध भएको छ । उहाँका ७५ वर्षीय पूज्य पिता सुकवीर रत्नको मंसिर ५ गते शुक्रबार मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडी विक्रम रत्नसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्