मिति : २०८२/०७/१२
नेपाल प्रेस डटकमका पत्रकार केशव भुललाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
‘विप्लवको राजनीतिक यात्रा : क्रान्तिको भ्रम जाल, विभाजनको दुश्चक्र र असफलताको विरासत’ शीर्षकमा विश्लेषणात्मक लेख तथा समाचार लेखेको भन्दै भुललाई नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताबाट सामाजिक सञ्जालमार्फत त्रसित बनाउने र ज्यानमार्नेसम्मको धम्की आएको महासंघ ललितपुर शाखाले जनाएको छ ।
प्रेसको अधिकार कुण्ठित पार्ने यस घटनाको महासंघ निन्दा एवं भर्त्सना गर्दछ । घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र प्रेस तथा पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन महासंघ सम्बद्ध निकायसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव