पेसागत धर्म निर्वाह गर्दा पत्रकारलाई सप्तरीमा गरिएको दुर्व्यवहार र काममा अवरोध पुर्याइएको घटनाप्रति महासंघको ध्यानाकर्षण

 

मिति :२०८२/०६/२८

 

पेसागत धर्म निर्वाह गर्दा पत्रकार मनोजकुमार माझी र अनिश शेखलाई सप्तरीमा गरिएको दुर्व्यवहार र काममा अवरोध पुर्याइएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ सप्तरी शाखाका अनुसार यही असोज २७ गते जग्गाको बारेमा अदालतको फैसला कार्यान्वयनमा प्रहरीको प्रयासका सम्बन्धमा समाचार संकलन गरिरहेका पत्रकार माझीलाई स्थानीय व्यक्तिहरुले दुर्व्यवहार र हातपात गरेका छन भने तलब नपाएको विषयमा कंचनरुप नगरपालिकाका जनप्रतिनिधि र शिक्षकहरुविच भएको वार्ताको समाचार संकलन गरिरहेका बेला पत्रकार शेखलाई नगरप्रमुख ललनप्रसाद गुप्ता स्वयमले दुर्व्यवहार गर्नुका साथै नगर प्रहरी लगाएर फोटो तथा भिडियो डिलिट गराउन लगाए ।

महासंघ दुबै घटनाको निन्दा र भर्त्सना गर्दछ । दोषीलाई कानुनी कठघरामा ल्याउन र बिना त्रास पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बद्ध पक्षसंग जोडदार माग गर्दछ ।

 

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्