मिति : २०८२/०६/०२
प्रेस विज्ञप्ति
जेनजी आन्दोलनका क्रममा भएका प्रेस स्वतन्त्रता हननका थप घटना प्राप्त भएको छ ।
आगजनी
१.भदौ २४ गते महाराजगंज चोकमा आन्दोलनकारीबाट प्राइम टेलिभिजनको भ्यानमा आगजनी ।
२.भदौ २४ गते महासंघ हिमालय टाइम्स शाखा सदस्य सन्तोष अर्यालको कार सिंहदरबारमा पार्किङ गरिराखेको अवस्थामा आगजनी ।
आक्रमण
३.भदौ २४ गते बारामा एपीखबर डटकमका सम्पादक अनिल कुमार तिवारीमाथि आक्रमण र ल्यापटक तोडफोड ।
महासंघ प्रेस विरोधी घटनाको निन्दा र भत्र्सना गर्दछ । प्रेस स्तन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षसँग पुनः आग्रह गर्दछ । साथै, महासंघ घटनामा संलग्नलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न स्थानीय प्रशासनसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव