पत्रकार केशब खड्कालाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८२/०५/२०

पत्रकार केशब खड्कालाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ। खड्कालाई चलचित्र निर्माता रोहित अधिकारी सहितको समुहले धम्की दिएको महासंघको एसोसियट संस्था चलचित्र पत्रकार संघ नेपालले जनाएको छ।

प्रकाशित समाचारप्रति असहमति रहे खण्डन गर्ने विधिमा जानुको साटो पत्रकारमाथि जाइलाग्नु अत्यन्तै दुःखद् हो। महासंघ यस घटनाको निन्दा गर्दै सत्यतथ्य छानबिन गरी दोषिमाथि कारबाही गर्न प्रशासनसँग माग गर्दछ।


रामप्रसाद दाहाल
महासचिव  

 डाउनलोड गर्नुहोस्