मिति : २०८२/०५/०६
प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रावधान समेटेर ल्याइएको आमसञ्चार विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले प्रदेश सभा भवन अगाडि आज गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको महासंघ केन्द्रीय समिति भर्त्सना गर्दछ ।
विधेयक सच्याएर ल्याउनुको साटो पत्रकारको आन्दोलन दबाउने सरकारी रबैया खेदजनक छ । यसबाट शान्तिपूर्ण आन्दोलन गर्न पाउने संवैधानिक हक हनन भएको छ । अतः महासंघ शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर्नेहरूलाई कारबाही गर्न र पत्रकारको जायज माग पूरा गर्न सम्बद्ध पक्षसंग माग गर्दछ ।
अन्यथा प्रदेश समितिले घोषणा गर्ने थप संघर्षका कार्यक्रमलाई देशब्यापी बनाउन महासंघ बाध्य हुनेछ ।
.........................
रामप्रसाद दाहाल
महासचिव