मिति : २०८२।०३।१३
कान्तिपुर दैनिकका डोटी संवाददाता मोहन पनेरुलाई कजेडीएमआर विल्डर्स प्रा.लि. का सञ्चालक रविप्रकाश सिंहले फोनबाट गालीगलौज गर्दै धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
यही असार ११ गते कान्तिपुरको अनलाइन संस्करणमा प्रकाशित ‘काम छाडेर ठेकेदार फरार’ शीर्षक समाचारको विषयमा पनेरुलाई धम्की आएको महासंघको डोटी शाखाको भनाइ छ ।
समाचारप्रति गुनासो भए कानुनी या प्रचलित विधि प्रक्रियामा जानुपर्नेमा पत्रकारलाई धाक–धम्की दिनु निन्दनीय र प्रेसविरोधी कार्य हो ।
महासंघ यस्तो हर्कतमा संलग्नमाथि आवश्यक कानुनी कारबाही गरी प्रेसलाई निर्वाध र सुरक्षित पत्रकारिताको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।
रामप्रसाद दाहाल
महासचिव