नेपाल पत्रकार महासंघका सचिव सोनी शर्मालाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी

 

मिति : २०८२।०३।०८
नेपाल पत्रकार महासंघका सचिव सोनी शर्मालाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी भएको छ । उहाँकी पूज्य आमा डम्बरकुमारी पन्थको ८५ वर्षको उमेरमा असार ७ गते शनिबार तनहुँको व्यास नगरपालिका–१४ छाब्दी बाराहीस्थित आफ्‌नै निवासमा निधन भएको हो ।

महासंघ स्वर्गीय आमाप्रति महासंघ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । र, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा मातृशोकमा रहनु भएकी सचिव सोनीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।

रामप्रसाद दाहाल
महासचि

 डाउनलोड गर्नुहोस्