समाचार प्रकाशनमा प्रतिवन्ध लगाउने गरी दियोपोष्ट डटकमलाई प्रेस काउन्सिल नेपालबाट गरिएको पत्राचारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८२।०२।१९

समाचार प्रकाशनमा प्रतिवन्ध लगाउने गरी दियोपोष्ट डटकमलाई प्रेस काउन्सिल नेपालबाट गरिएको पत्राचारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

पत्रकारिताको सिद्धान्त विपरित समाचार प्रकाशन भएको पाइएमा खण्डन छाप्न लगाउनेलगायतका पत्रकार आचारसंहिताको प्रावधान पालना गराउने काउन्सिलको दायित्व हो । तर पत्रमा पोष्ट डिलिट गर्न नपाइने आचारसंहिताको प्रावधान विपरित प्रकाशित सामग्री मेटाउन निर्देशन दिइएको छ । आचारसंहिता पालना गर्नु सबै सञ्चारमाध्यमको कर्तव्य रहेको महासंघ पुनः स्मरण गराउँछ । र, आचारसंहिताको प्रावधान विपरितका निर्णय र निर्देशन दिने कदमप्रति पनि असहमति जनाउँदछ ।

काउन्सिलसँग जोडिएको तीन वर्षअघि प्रकाशित समाचार हटाउन काउन्सिलले उक्त अनलाइनलाई पत्राचार गरेको महासंघ ललितपुर शाखाले जनाएको छ ।

कुनै पनि विषयमा स्वतन्त्रतापूर्वक समाचार प्रवाह गर्ने सञ्चारमाध्यमको संवैधानिक अधिकार हो । यसको ख्याल नगरी सञ्चारमाध्यमलाई निमायक निकायबाटै गरिएको पत्राचारलाई महासंघले अत्यन्त दुःखद्, संविधान र प्रेस विरोधी कदमको रुपमा लिएको छ ।

महासंघ पत्रकार आचारसंहिता विपरितका निर्णय र निर्देशनको विरोध गर्दछ र भविष्यमा यसखाले कार्य नदोहोर्‍याउन सम्बद्ध निकायलाई आग्रह गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्