नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य ध्रुव रावललाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी

मिति : २०८३।०५।३०

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य ध्रुव रावललाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी भएको छ । रावलकी पूजनीय आमा मिठु रावलको ८९ वर्षको उमेरमा यही भाद्र २६ गते निधन भएको हो । उहाँ दमको रोगबाट पीडित हुनुहुन्थ्यो ।

महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा पूर्वकेन्द्रीय सदस्य रावलसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव