मिति : २०८३।०५।१०
रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति नेपाल पत्रकार महासंघ दुःख व्यक्त गर्दछ ।
विपत्तिको यो घडीमा बाढी प्रभावित क्षेत्रका नागरिकको सुरक्षालाई पूर्ण प्राथमिकतामा राखेर राज्यका सबै संयन्त्र परिचालन गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ ।
साथै, घाइते भएकाको यथोचित उपचार, बाढीमा फसेकाहरूको तत्काल उद्धार र बेपत्ता भएकाहरूको खोजी कार्यमा आआफ्नो क्षेत्रबाट जुट्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ । यस कार्यमा सहयोग पुर्याउन सबै सञ्चारमाध्यम र पत्रकारहरूलाई महासंघ अनुरोध गर्दछ ।
सुरक्षा सतर्कता अपनाइ पत्रकारिताको आचारसंहिता पालना गदैै सत्यतथ्य सूचना/समाचार प्रेषित गर्न पनि अपिल गरिन्छ । साथै, महासंघ बाढीमा परी निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते सबैको स्वास्थ्यलाभको कामना गर्दछ।
रामप्रसाद दाहाल
महासचिव