मितिः २०८१।०४।२४
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका उपाध्यक्ष हेमराज ढकाललाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध एवं दुःखी भएको छ । उहाँकी ५८ वर्षीया ममतामयी आमा लक्ष्मीकुमारी ढकालको यही साउन २२ गते शुक्रबार राति निधन भएको शाखाले जनाएको छ ।
महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा हेमराजसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव