नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव बैकुण्ठराज पराजुलीलाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

मितिः २०८३।०४।१५

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव बैकुण्ठराज पराजुलीलाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । ७८ वर्षीय उहाँका पूजनीय पिता हरिप्रसाद पराजुलीको साउन १५ गते बिहान पर्वतको बिहादी–२ स्थित निवासमा निधन भएको हो ।

महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा सचिव बैकुण्ठसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव