समाचार चित्त नबुझेको भन्दै सिन्धुलीस्थित ध्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले पत्रकार बुद्ध नेपालीविरुद्ध उजुरी दर्ता गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८३।०४।१४

समाचार चित्त नबुझेको भन्दै सिन्धुलीस्थित ध्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले पत्रकार बुद्ध नेपालीविरुद्ध उजुरी दर्ता गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही साउन ७ गते गाडी फिर्ताको समाचारलाई लिएर जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा उजुरी दर्ता भएको महासंघको सिन्धुली शाखाले जनाएको छ ।

समाचार चित्त नुबझेको भए त्यसको समाधान प्रचलित विधिबमोजिम खोज्नुको साटो जिम्मेवार जनप्रतिनिधिले समाचारको विषयलाई फौजदारीकरण गर्न लिएको कदमको महासंघ कडा शब्दमा भत्र्सना गर्दछ ।

महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकार र क्षेत्रको ख्याल राखी आगामी दिनमा यस्तो कार्य नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ । र, समाचारको विषय फौजदारीकरण नगर्न आग्रह गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव