वरिष्ठ पत्रकार धनबहादुर मल्लको ९० वर्षको उमेरमा निधन भएको दुःखद खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

 

मितिः २०८३/४/०५

वरिष्ठ पत्रकार धनबहादुर मल्लको ९० वर्षको उमेरमा निधन भएको दुःखद खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

मल्लको २०८३ साउन ४ गते सोमबार बिहान ५ः३० बजे दिपायल सिलगढी नगरपालिका–६ शैलेश्वरी टोलस्थित निवासमा निधन भएको महासंघको डोटी शाखाले जनाएको छ । स्वर्गीय मल्लका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

वि.सं. २०१६ सालबाट पत्रकारिता सुरु गर्नुभएका मल्लले वि.सं. २०१८ सालमा राष्ट्रिय समाचार समितिको जिल्लाको पहिलो समाचारदाता भई लामो समय काम गर्नुभएको थियो । यससँगै उहाँको साहित्य, नाटक, गीत–सङ्गीत र ललितकलामा उल्लेखनीय योगदान रहेको थियो ।

महासंघ स्वर्गीय मल्लप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

………………..

रामप्रसाद दाहाल

महासचिव