सार्वजनिक स्थलमा पत्रकारलाई रोक लगाउने उद्देश्यले इलामस्थित चुलाचुली गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८३।०३।१९

सार्वजनिक स्थलमा पत्रकारलाई रोक लगाउने उद्देश्यले इलामस्थित चुलाचुली गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

२०८३ असार १७ गते जारी विज्ञप्तिमा उक्त गाउँपालिकाभित्रका सार्वजनिक स्थलमा भिडियो खिच्न, कन्टेन्ट क्रियसन र रिपोर्टिङ गर्न रोक लगाएको पाइएको महासंघको इलाम शाखाले जनाएको छ ।

सार्वजनिक सरोकारका विषयमा समाचार र सूचना प्रवाह गर्नु पत्रकारको संविधानप्रदत्त अधिकार हो । यसलाई बेवास्ता गर्दै लिइएको यो कदम प्रेस स्वतन्त्रता र संविधानविरुद्ध रहेको महासंघको ठहर छ । महासंघ यो कार्यको भत्र्सना गर्दछ ।

र, महासंघ यो निर्णय तत्काल सच्याइ पत्रकारलाई संवैधानिक अधिकार उपभोगको वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रामप्रसाद दाहाल

महासचिव