पत्रकार विद्यानन्द रामलाई लक्षित गर्दै रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष डा. पशुपति चौधरीले सामाजिक सञ्जालमा दिएको प्रतिक्रियाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

मिति : २०८३।०३।१८

पत्रकार विद्यानन्द रामलाई लक्षित गर्दै रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष डा. पशुपति चौधरीले सामाजिक सञ्जालमा दिएको प्रतिक्रियाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

प्रतिष्ठानबारे ईकान्तिपुरमा प्रकाशित समाचारको निहुँमा पत्रकार रामलाई तथानाम आरोप लगाइ चौधरीले फेसबुकमार्फत प्रतिक्रिया सेयर गरेको महासंघको सप्तरी शाखाले जनाएको छ ।

चित्त नबुझेको समाचारको समाधान प्रचलित विधि र प्रक्रियाबाट नखोजेर प्रतिष्ठित संस्थाको जिम्मेवार व्यक्तिबाट अपनाइएको यो शैली अत्यन्तै निन्दनीय र प्रेस स्वतन्त्रताविरुद्ध रहेको महासंघको बुझाइ छ ।

महासंघ यो घटनाको छानबिन गरी दोषीउपर आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ । साथै, आगामी दिनमा यस किसिमका कार्य नदोहोर्‍याउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछ ।

………………

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्