सिरहामा सञ्चारकर्ममा जुटेका पत्रकार दिलीप सहनीलाई दुर्व्यवहार र गोविन्द यादवमाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८३।०३।१६

सिरहामा सञ्चारकर्ममा जुटेका पत्रकार दिलीप सहनीलाई दुर्व्यवहार र गोविन्द यादवमाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही असार १३ गते पत्रकार सहनीलाई इलाका प्रहरी कार्यालय गोलबजारमा प्रहरी कर्मचारीबाट दुर्व्यवहार भएको थियो भने कर्जनहा नगरपालिका—७ का वडा अध्यक्षका छोराको आक्रमणबाट पत्रकार यादव घाइते भएको महासंघको सिरहा शाखाले जनाएको छ ।

पेशागत धर्म निर्वाह गर्दा पत्रकारमाथि भएको यी घटना अत्यन्तै निन्दनीय र प्रेसविरोधी छन् ।

अतः घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

……………

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्