मिति : २०८३।०३।१३
पत्रकार धनराज साउदलाई अछामस्थित बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले समाचारको स्रोत खुलाउन दबाब र धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
यही असार ११ गते अध्यक्ष साउदले आफ्नै कार्यकक्षमा बोलाएर महासंघ सुदूरपश्चिम प्रदेश समितिका सचिवसमेत रहेका पत्रकार धनराजलाई यस्तो व्यवहार गरेको महासंघको अछाम शाखाले जनाएको छ ।
समाचारप्रति गुनासो भए विधिसम्मत समाधान खोज्न छोडेर जिम्मेवार जनप्रतिनिधिबाट पत्रकारलाई धम्क्याइएको स्वतन्त्र प्रेस विरोधी अशोभनीय हर्कतको महासंघ भर्त्सनाा गर्दछ ।
घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव