नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकलाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

मिति : २०८३।०३।१५

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकलाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । पथिकका पूजनीय पिता गोविन्दप्रसाद घिमिरेको ९४ वर्षको उमेरमा यही असार १४ गते निधन भएको महासंघको रामेछाप शाखाले जनाएको छ ।

महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा केन्द्रीय सदस्य पथिकसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

 

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्