पत्रकार गोपाल बराइलीलाई धनकुटाको महालक्ष्मी नगरपालिका–७ आन्द्रुङका पर्शु कार्कीले सामाजिक सञ्जालको प्रयोग गरी गालीगलौजसहितको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८३।०३।०५

पत्रकार गोपाल बराइलीलाई धनकुटाको महालक्ष्मी नगरपालिका–७ आन्द्रुङका पर्शु कार्कीले सामाजिक सञ्जालको प्रयोग गरी गालीगलौजसहितको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

२०८४ असार ४ गते धनकुटा एफएम डटकममा प्रकाशित समाचारको निहुँमा कार्कीले महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका बराइलीको परिवारलाई पनि धम्की दिएको महासंघ धनकुटा शाखाले जनाएको छ ।

चित्त नबुझेको समाचारमा कानुनी र विधिसम्मत समाधान नखोजी पत्रकार र उनका परिवार धम्क्याएर मानसिक त्रास फैलाउने यो हर्कत प्रेसविरोधी र सामाजिक अपराध हो ।

महासंघ यस्तो हर्कतको निन्दा गर्दछ । र, घटनाको छानबिन गरी दोषीउपर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव