मिति : २०८३।०३।०१
पत्रकार विनोद ढुंगानालाई तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
यही जेठ ३१ गते बेलचौतारास्थित हाटबजारमा नगर प्रमुख पण्डितले दिएको अभिव्यक्तिप्रति जिज्ञासा राख्दा पत्रकार ढुंगानालाई अभद्र र अपमानजनक व्यवहार भएको महासंघ तनहुँ शाखाले जनाएको छ ।
नागरिकलाई सुसूचित गर्ने धर्म निर्वाह गर्दा पत्रकारलाई सघाउनु पर्नेमा नगरका जिम्मेवार जनप्रतिनिधिबाटै पदीय मर्यादाको ख्यालसमेत नगरी गरिएको यो हर्कतलाई महासंघले अत्यन्तै निन्दनीय, गैरजिम्मेवार र प्रेस स्वतन्त्रताविरोधी कदमका रुपमा लिएको छ ।
महासंघ घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र आगामी दिनमा प्रेसविरुद्ध हुने यस किसिमका हर्कत नदोहोर्याउन सम्बन्धित निकायसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव