नेपाल पत्रकार महासंघ राजधानी प्रतिष्ठान शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई मातृशोक परेको खबरबाट नेपाल पत्रकार महासंघ दुःखी

 

मिति : २०८२।११।०५


नेपाल पत्रकार महासंघ राजधानी प्रतिष्ठान शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई मातृशोक परेको खबरबाट नेपाल पत्रकार महासंघ दुःखी भएको छ । उहाँकी पूज्य आमा चीजकुमारी श्रेष्ठको यही फागुन १ गते शुक्रबार निधन भएको राजधानी प्रतिष्ठान शाखाले जनाएको छ ।

महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । र, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

रामप्रसाद दाहाल
महासचिव