भीषण बाढीका कारण पत्रकार तथा पत्रकार परिवारका सदस्यहरू सम्पर्कविहीन भएको आठ दिन बित्दासमेत उनीहरुको खोजी तथा उद्धार कार्य हुन नसकेबाट नेपाल पत्रकार महासंघ गम्भीर

 

मिति : २०८३।०५।१८

२०८३ भाद्र १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पत्रकार तथा पत्रकार परिवारका सदस्यहरू सम्पर्कविहीन भएको आठ दिन बित्दासमेत उनीहरुको खोजी तथा उद्धार कार्य हुन नसकेबाट नेपाल पत्रकार महासंघ गम्भीर भएको छ । निजी घर तथा सवारी साधनमा क्षति पुगेका पत्रकार तथा सञ्चारमाध्यमको कार्यालयमा पुगेको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन भएको ढिलाईप्रति महासंघ चिन्तित भएको छ ।

महासंघले आजै गृह मन्त्री र परराष्ट्र मन्त्रीलाई पत्राचार गर्दै सम्पकीविहीन पत्रकार तथा पत्रकार परिवारका सदस्यहरुको खोजी तथा उद्धार तथा क्षति व्यहोरेका पत्रकार तथा सञ्चारमाध्यमलाई अबिलम्ब क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

गृहमन्त्रीसमक्ष सरकारको सकारात्मक पहलका लागि र परराष्ट्र मन्त्रीसमक्ष बेपत्ताहरूको खोजी तथा उद्धारका लागि छिमेकी मुलुक चीन र भारतसँगसमेत कुटनीतिक पहल गर्न अनुरोध गरिएको छ ।

महासंघमा हालसम्म प्राप्त भएको विवरण पनि सरकारलाई जानकारी गराइएको छ ।

विवरण यस प्रकार रहेको छः

सम्पर्कविहीन पत्रकार तथा परिवार

१. टेकबहादुर थामी, नयाँ पत्रिका दैनिका, दोलखा

२. शेखर ढुंगाना पत्नीसहित, महासंघ भक्तपुर शाखा सदस्य, भक्तपुर

३. राजकुमार नेपाली, रेडियो राजमार्ग, नुवाकोट

४. आमा र दिदीसहित सुरेश सिम्खडा प्रकाशक शिलापत्र डटकम, काठमाडौ

५. पत्रकार निराजन पौडेल (रातोपाटी डटकम)का पारिवारका सदस्यहरू बुबा, आमा, काका, काकी र बहिनी ।

घर र सवारी सधानमा क्षति

१. शिव देवकोटा (निवर्तमान अध्यक्ष महासंघ बागमती प्रदेशसमिति), नुवाकोट– मोटरसाइक बाढीले बगाएको

२. विपिन मल्ल ठकुरी (रेडियो आजमार्ग(, धादिङ –बैरेनी बजारस्थित घरमा क्षति

३. सन्नी श्रेष्ठ सुवास (लोकपथ डटकम), नुवाकोट– भैसेंस्थित घरमा क्षति

४. किरण अधिकारी (सुन्दरदेवी सन्देश साप्ताहिक), नुवाकोट– नुवाकोट विदुर १, ढुंगेबजारस्थित घरमा क्षति

५. रामचन्द्र अर्याल (हिमालय टेलिभिजन), नुवाकोट – घरमा क्षति

६‍ लक्ष्मण डंगोल (काठमाडौं शाखा सदस्य)– घर बगाएको ।

प्रभावित सञ्चारमाध्यम

१. रसुवा एफएम– विद्युत अवरुद्ध हुदाँ रेडियोको प्रसारण रोकिएको

२. रेडियो लाङटाङ्ग, रसुवा– विद्युत अवरुद्ध हुदाँ रेडियोको प्रसारण रोकिएको

३. रेडियो भैरवी, नुवाकोट– विद्युत अवरुद्ध हुदाँ केही दिन रेडियोको प्रसारण रोकिएको

४. जालपा रेडियो, नुवाकोट– विद्युत अवरुद्ध हुदाँ रेडियोको प्रसारण रोकिएको

५. रेडियो नुवाकोट– रोडियोमा विद्युत, फाइबर, व्याकअप लगायतका सामाग्रीमा क्षति पुगेका कारण प्रशारण अवरुद्ध ।

रामप्रसाद दाहाल

महासचिव