मिति : २०८३।०५।१६
लमजुङस्थित रेडियो भोटेवडारका पत्रकार बासुदेव थापालाई फौजदारी कारबाहीका लागि निवेदन दर्ता गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने क्रममा प्राविधिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको खातामा जम्मा भएको विषय उठान गरेपछि रास्वपा लमजुङले प्रमुख जिल्ला अधिकारीमार्फत फौजदारी कारबाही प्रक्रिया अगाडि बढाइएको महासंघको लमजुङ शाखाले जनाएको छ ।
रकम अन्य खातामा जम्मा भएको विषयमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुको साटो पत्रकारमाथि अपनाइएको यो शैलीप्रति महासंघ निन्दा गर्दछ ।
घटनाको आवश्यक छानबिन गरी पत्रकारमाथि लगाइएको आरोप फिर्ता लिन र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव