रसुवामा कार्यरत राष्टिय दलित पत्रकार संघ नुवाकोटका अध्यक्ष राजकुमार नेपाली बाढीपछि सम्पर्कमा नआएको परिवारबाट जानकारी प्राप्त

 

मिति : २०८३।०५।१२

रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण थप एक पत्रकार सम्पर्कविहीन भएको जानकारी नेपाल पत्रकार महासंघलाई प्राप्त भएको छ ।

रसुवामा कार्यरत राष्टिय दलित पत्रकार संघ नुवाकोटका अध्यक्ष राजकुमार नेपाली बाढीपछि सम्पर्कमा नआएको परिवारबाट जानकारी प्राप्त भएको होे ।

महासंघ पत्रकार नेपालीसहित यसअघि सम्पर्कविहीन भएका पत्रकार र उनीहरूका परिवारको खोजी तथा उद्धार कार्यमा गम्भीर हुन सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । यो कार्यमा सहयोग पुर्‍याउन प्रभावित जिल्लास्थित महासंघका शाखा, पत्रकारसम्वद्ध संघसंस्थालगायतलाई अनुरोध गरिन्छ ।

बाढीका कारण पत्रकार तथा सञ्चारमाध्यममा परेका समस्याबारे यथाशीघ्र शाखा र प्रदेश समितिमार्फत वा सोझै केन्द्रीय समितिलाई जानकारी गराउन महासंघ सम्वद्ध सबैमा अनुरोध गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव