नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार दर्खास्त आह्वान


प्रकाशित मिति : २०७५/१/२३
अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीहरुको साझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा २०७५ साल जेठ १२ भित्र दरखास्त दिन आह्वान गरिन्छ । यो पुरस्कार नेपालको ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र सुशासनका क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा सञ्चार संस्थालाई प्रदान गरिने छ । पुरस्कारको राशी  २,२२,२२२.२२ (दुई लाख बाईस हजार दुईसय बाईस रुपैयाँ, बाईस पैसा) रहेको छ । यससम्बन्धी थप जानकारी तथा फारमका लागि महासंघको वेबसाईट www.fnjnepal.org वा नेजाको वेबसाईट www.neajausa.org मा हेर्नुहोला ।  

यस पुरस्कारका लागि आवेदन दिन इच्छुक पत्रकारले २०७३ साल भदौदेखि २०७५ साल वैशाख २१ गतेसम्ममा प्रकाशन / प्रशारण भएका कम्तिमा तीनवटा सामग्री महासंघको इमेल fnjnepalcentral@gmail.com मार्फत वा सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा उपलब्ध गराउनु पर्ने छ ।

आवेदन फारम डाउनलोड गर्नुहोस ।

आवेदन फारम डाउनलोड गर्नुहोस ।

 डाउनलोड गर्नुहोस्