Federation of Nepali Journalists

वरिष्ठ पत्रकार चन्द्रलाल झाको स्वास्थ्यस्थिति जटिल
२०६९।०२।०३

वरिष्ठ पत्रकार चन्द्रलाल झाको स्वास्थ्यमा जटिलता आएपछि उपचारका लागि उहाँलाई त्रिपुरेश्वरस्थित काठमाडौं अस्पतालमा भर्ना गरिएको छ । ७४ वर्षीय वरिष्ठ पत्रकार झा विगत चार वर्षदेखि मधुमेह, अल्जाइमरलगायतका रोगबाट पीडित हुनुहुन्थ्यो ।

२०१५ सालदेखि पत्रकारितामा संलग्न वरिष्ठ पत्रकार झालाई नेपाल पत्रकार महासंघले २०५९ सालमा प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित गरेको थियो । पञ्चातकालीन अवस्थामा प्रजातन्त्रको पक्षमा कलम चलाउँदा सधै सत्ताको कोपभाजन बन्दै आउनु भएका वरिष्ठ पत्रकार झाले नेपाल टाइम्स पत्रिकामा समाचार लेखेबापत र पत्रिका प्रकाशन गरेकै कारण सत्रपटक जेल पर्नु भएको र सोक्रममा सात वर्ष जेलमा नै बिताउनु भएको थियो । नेपाल पत्रकार महासंघ वरिष्ठ पत्रकार झाको शीघ्र स्वास्थ्यको कामना गर्दछ ।

रोकामगरलाई महासंघको साधारण सदस्यबाट निलम्बन
नेपाल पत्रकार महासंघ, केन्द्रीय सचिवालयको आज बसेको बैठकले महासंघ ललितपुर शाखाका सदस्य देवेन्द्र रोकामगरलाई महासंघको गरिमा र प्रतिष्ठामा आँच आउने कार्यमा संलग्न रहेकोले महासंघको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

सदस्य रोका मगर चरेश उत्पादन तथा विक्री वितरणमा संलग्न रहेको खवर सार्वजनिक भएपछि महासंघ ललितपुर शाखाको सिफारिसअनुसार सो कार्य महासंघको विधानको दफा ३० (घ) विपरीत भएकोले उनलाई साधारण सदस्यबाट निलम्बन गरिएको हो ।

बन्द–हड्तालका नाममा पत्रकारमाथि भएको हातपात र दुव्र्यवहारप्रति खेद व्यक्त
२०६९।०१।२८

जातीय राज्यको विरोधमा ब्रामण, क्षत्री, दसनामी, ठकुरीलगायत संघ–संगठन सम्वद्ध संयुक्त संघर्ष समितिले बैशाख २८ र २९ गते आह्वान गरेको दुईदिने नेपाल बन्दका क्रममा बन्दकर्ताहरुले मुलुकका विभिन्न भागमा समाचार संकलनमा रहेका पत्रकारहरुलाई हातपात र दुव्र्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

बन्दकर्ताहरुले हिजो बैशाख २८ गते भक्तपुरमा राजधानी दैनिकका पत्रकार पूर्ण दुवाललाई दुव्र्यहार गरेका छन् भने भक्तपुरकै नलिन्चोकमा आज सौर्य दैनिकका पत्रकारद्वय रामशरण बजगाई र भीम गौतमलाई दुव्र्यवहार गर्दै पत्रकारद्वयको प्रेस परिचयपत्र खोसेका छन् ।

त्यसैगरी आजै चितवनको रत्ननगरमा बन्दकर्ताहरुले रेडियो चितवनका समाचार सम्पादक पत्रकार शालिग्राम नेपाललाई हातपात र दुव्र्यवहार गरेका छन् ।

बन्दकर्ताहरुबाट बन्दका क्रममा सञ्चारसम्वद्ध जो कोही व्यक्तिलाई पनि आक्रमण नगर्ने प्रतिबद्धता व्यक्त हुँदाहुँदै पनि यस किसिमले आफ्नो पेशागत दायित्व निर्वाहमा जुटेका पत्रकारहरुमाथि हातपात र दुव्र्यवहार हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।

महासंघ बन्दकर्ताहरुबाट पत्रकारहरुमाथि भएको हातपात र दुव्र्यवहारको घटनाप्रति खेद व्यक्त गर्दै प्रेस स्वतन्त्रताविरोधी यस किसिमका सबै घटनाको कडा शब्दमा निन्दा र भत्र्सना गर्दछ । प्रेसमाथि व्यक्त प्रतिवद्धतालाई व्यवहारमा ल्याउन र बन्द–हड्तालमा नाममा पत्रकारलाई समाचार संकलन र संप्रेषणमा कुनै पनि किसिमको अवरोध नपु¥याउन सम्बन्धित पक्षसँग माग गर्दै महासंघ संचारकर्मी र संचारमाध्यमको सुरक्षामा ध्यान दिई सहजरुपमा सूचना संकलन र संप्रेषण गर्ने वातावरण निर्माण गर्न सरकारको पनि ध्यानाकर्षण गराउँदछ ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा पत्रकारमाथि भएको आक्रमणको घटनाप्रति खेद व्यक्त
२०६९।०१।२८

करिब दुई सातादेखि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न जिल्लामा भइरहेको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यममाथि भएको हस्तक्षेप, दबाब र आक्रमणका घटनाप्रति नेपाल पत्रकार महासंघ खेद व्यक्ति गर्दछ ।

खासगरी कैलाली, डोटी, कञ्चनपुर लगायतका जिल्लामा अखण्ड सुदूरपश्चिम हुनुपर्ने माग राखेर आन्दोलनरत आन्दोलनकारीले सञ्चारकर्मीहरुमाथि दबाब दिने, धम्क्याउने लगायतका काम कारवाही गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भिर चासो व्यक्त गर्दै आन्दोलनका आडमा भइरहेको यो व्यवहार तत्काल बन्द गर्न माग गर्दछ ।

महासंघ समाजमा साम्प्रदायिक सद्भाव बिथोल्न उदृत तत्वप्रति सचेत भई जातीय, क्षेत्रीय सद्भाव कायम राखी आपसी सम्बन्ध अझ सदृढ बनाउने तर्फ ध्यान दिन पनि सम्पूर्ण पत्रकारहरुमा अपिल गर्दछ ।

यसैगरी राष्ट्रिय अखण्डता र जातीय सद्भावको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले आव्हान गरेको नेपाल बन्दको क्रममा आज वैशाख २८ गते नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष गोविन्द चौलागाईलाई भक्तपुरस्थित आफ्नो घरबाट महासंघ शाखाको प्रदर्शनीमार्गस्थित कार्यालयतर्फ जाने क्रममा आफ्नो परिचय दिँदा समेत बन्दकर्ताले दुव्र्यवहार गर्नुका साथै मोटरसाइकलको साँचो नियन्त्रणमा लिएको र राससका पत्रकार शरदचन्द्र भण्डारीलाई गौशालाचोक र नयाँ बानेश्वरमा पत्रकारको परिचयपत्र देखाउँदा समेत बन्दकर्ताले    दुव्र्यवहार गर्नुका साथै मोटरसाइकलको साँचो नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघ खेद व्यक्त गर्दछ ।

पत्रकारमाथि यस किसिमको हर्कत हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । यस्ता घटनाको महासंघ निन्दा र भत्र्सना गर्दछ । निर्भयपूर्वक पत्रकारको सूचना संकलन र संप्रेषणको वातावरण बनाउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारसँग महासंघ माग गर्दछ । आन्दोलनको पक्षधरतामा हुर्किएको प्रेसविरोधी कार्य तत्काल वन्द गर्न, प्रेसप्रति सम्मान गर्न र सरकारलाई पत्रकारको सुरक्षामा तत्काल ध्यान दिन महासंघ माग गर्दछ ।

Journalists Misbehaved
8 May 2012

Banke

Journalists Misbehaved

Federation of Nepali Journalists (FNJ) is seriously concerned over the incident of journalists who were misbehaved at Kohalpur, Banke (Mid Western region of Nepal) on 8 May 2012.

A group of journalists were misbehaved by Dr. Mangalchandra Jain, Deputy Director of Nepalgunj Medical College and Lekh Bahadur Chhetri, Nepal Red Cross Society’s Kohalpur Sub-division Chairperson and other medical personnel. The journalists were at the premises on request of the concerned parties to discuss the following incidents: Publication of news on May 5 of a patient from Dang who was referred from Nepalgunj Medical College to Ruksana Hospital in Lucknow, India and the commission involved; as well as deaths threats to ambulance driver Dorna BK from Ruksana Hospital.

At the same event, Dr. Mangalchandra Jain of Nepalgunj Medical College had boasted that he could spend “lakhs of rupees” and get journalists to publish news in his favor while Lekh Bahadur Chhetri of Nepal Red Cross Society had warned journalists to leave the premises.

Similarly, Homraj Ranabhat, President of FNJ Nawalparasi Chapter was misbehaved by the activists of Tharuwan, an ethnic group demanding a separate state in the western region of Nepal, in Nawalparasi, Western region of Nepal on 8 May 2012. The activists forcefully took the key of his motorcycle. The same activists also had taken under control of a vehicle carrying copies of Annapurna Post Daily and Gorkhapatra Daily.

Federation of Nepali Journalists (FNJ) strongly condemns both the incidents. FNJ demands an apology from Dr. Jain and Chetteri who are holding responsible positions and requests the government to take action against the people involved in the incident in Nawalparasi.

Obstacle on Freeflow of Information
6 May 2012

Kailali

Obstacle on Freeflow of Information

Federation of Nepali Journalists (FNJ) is seriously concerned over various anti free press incidents in Kailali, Far Western region of Nepal.

Nahakul Dev GC, Chief Editor of Shramsrijana Daily and member of FNJ Kailali Chapter, was taken under control for one hour and threatened by the protesters demanding an undivided Far West in Kailali on 6 May 2012. GC had published news about the protestors in his paper on the same morning. The protestors have brought parts of the Far Western region to a complete standstill since the last two weeks demanding not to divide the far western region in the name of federal provinces.

Similarly, the same protesters also burnt copies of Kantipur Daily at Kailali of Dhangadi district claiming that their news of the protests was not covered by the newspaper on 4 May 2012.

Likewise, the activists of Tharuwan, an ethnic group demanding a separate state in the far western region threatened Khaptad FM over the news broadcasted about the protests in the region on 3 May 2012.

Federation of Nepali Journalists (FNJ) strongly condemns the incident.

पत्रकारको सुरक्षामा गम्भीर हुन महासंघको माग
२०६९।०१।२५

समाचारको विषयलाई लिएर श्रम–सृजना दैनिकका सम्पादक नहकुलदेव जिसीलाई अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलनरत आन्दोलनकारीहरुले वैशाख २४ गते कुटपिटको प्रयास गर्नुका साथै एक घण्टा नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

अखण्ड सुदूरपश्चिमको पक्षमा गरिएको समाचारलाई प्रमुखता नदिएको भन्दै बन्दका आयोजकहरुले पत्रकार जिसीलाई नियन्त्रणमा लिएका थिए । पत्रकार जिसीलाई प्रहरीले आन्दोलनकारीको नियन्त्रणबाट बाहिर ल्याएर कैलालीको सीमा कटाएर छाडेको थियो ।

पत्रकारमाथि यस किसिमको हर्कत हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । पत्रकार जिसीमाथि भएको यस घटनाको महासंघ निन्दा र भत्र्सना गर्दछ । निर्भयपूर्वक पत्रकारको सूचना संकलन र संप्रेषणको वातावरण बनाउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारसँग महासंघ माग गर्दछ । बन्दका पक्षधरतामा हुर्किएको प्रेसविरोधी कार्य तत्काल वन्द गर्न, प्रेसप्रति सम्मान गर्न र सरकारलाई पत्रकारको सुरक्षामा तत्काल ध्यान दिन महासंघ माग गर्दछ ।

जनकपुरमा भएको आततायी आक्रमणमा परेका घाइते र कुरुवालाई महासंघद्वारा खाना उपलव्ध गराउने
२०६९।०१।२०

जनकपुरमा भएको आततायी आक्रमणमा परेका घाइते र कुरुवालाई उपचारका क्रममा काठमाडौंमा रह“दा खानाको समस्या परेको समाचारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघले घाइते र कुरुवाहरुका लागि आजैदेखि खाना उपलव्ध गराउन महासचिव ओम शर्माको संयोजकत्वमा कोषाध्यक्ष शितल साह, सदस्यहरु राजेश मिश्र, धर्मेन्द्र कर्ण र महासंघ काठमाडौं शाखा अध्यक्ष गोविन्द चौलागाइ सदस्य रहेको समिति गठन गरेको छ । महासंघले आप्mनो कोषबाट रु. ५०००।– सहयोग गर्दै इच्छुक पत्रकार र अन्य महानुभावलाई बढिमा रु २०००।– सम्म सहयोग उपलव्ध गराउन अनुरोध गरेको छ । सहयोग राशी महासंघका कार्यालय सचिव शेषराज खतिवडा (९८४१३६०७०९) लाई उपलब्ध गराउन आव्हान गर्दछ ।

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउ“लको सन्देश
आज मे ३, विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभरि नै विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइदै छ । यस अवसरमा सूचना र विचारका माध्यमबाट जनतालाई सूसुचित गर्ने र समाजलाई विचार निमार्णमा सघाउने अभियानमा संलग्न सवै आमसञ्चारकर्मीहरुलाई म हार्दिक बधाई दिन चाहन्छु । साथै, भौतिक असुरक्षा र व्यावसायिक अनिश्चयको वातावरणमै भए पनि नेपालको पत्रकारिताजगतले शान्तिप्रक्रिया र संविधान निमार्णमा सम्पादकीय दायरा भित्र र वाहिरबाट निर्वाह गरेको भूमिकाको प्रशंसा गर्न चाहन्छु । यस निम्ति हाम्रो दबाब निरन्तर जारी रहने कुरा निवेदन गर्न चाहन्छु ।

नेपालको अन्तरिम संविधान २०६३ मा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरिएको छ । तर, सैद्धान्तिकरुपमै अझै पनि समस्याहरु बाँकी छन् । विचार र अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतालाई कुन हदसम्म कानुनीरुपमा नियमन गर्न सकिन्छ भन्ने मामिलामा अझै वहसको जरुरी छ । अन्तरिम संविधान र भावी संविधानका लागि संविधानसभाको समितिद्वारा प्रस्तावित मस्यौदामा पनि व्यापक अर्थ लाग्ने प्रकृतिका कतिपय शब्दहरु उल्लेख भएका कारण आगामी दिनमा यसको प्रयोगका सम्बन्धमा अहिले पनि निश्चिन्त हुन सकिने अवस्था छैन ।

किनकि विचार तथा अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारसम्बन्धी हकलाई रोक लगाउने गरी कानुन बनाउन सकिने यति व्यापक व्यवस्था प्रस्ताव गरिएको छ कि त्यसले कुनै पनि बेला विचार र अभिव्यक्ति स्वतन्त्रता तथा आमसञ्चारसम्बन्धी हक नियन्त्रित हुनसक्ने खतरा कामयै राख्छ । जस्तो कि यी प्रतिबन्धात्मक वाक्यांसमा सरकारलाई ‘सार्वजनिक शिष्टाचार’ वा ‘नैतिकताको प्रतिकूल हुने’, ‘छुवाछुत एवं जातीय तथा लैङ्गिक भेदभावलाई दुरुत्साहन गर्ने’ कार्यजस्ता व्यापक अर्थ भएका विषयमा समेत विचार र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाउनसक्ने गरी कानुन बनाउने अधिकार दिन्छ । भावी संविधानका लागि संविधानसभाको समितिले प्रस्ताव गरेको मस्यौदामा ‘संघीय इकाइबीचको सु–सम्बन्धमा खलल् पर्ने कार्य’ ‘जातजाती धर्म सम्प्रदायबीचको सु–सम्बन्धमा खलल् पर्ने’ जस्ता शब्दहरु थपेर यो व्यवस्थालाई झन फराकिलो बनाइएको छ ।

तिनको कार्यान्वयनका नाममा भोलि स्वतन्त्रता नियन्त्रण हुनसक्ने बलियो सम्भावना रहेकोतर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु । नेपाल पत्रकार महासंघ विचार र अभिव्यक्ति तथा आमसञ्चारमाध्यमसम्बन्धी स्वतन्त्रतामाथिका कानुनी बन्देजहरु यो हदसम्म व्यापक हुनुहुन्न भन्ने मान्यता राख्दछ । ती बन्देजहरु स्पष्ट र तत्काल खतरा हुने हदसम्म, अपवादस्वरुप, निश्चित मापदण्डका अधिनमा तथा अन्तर्राष्ट्रिय मान्यताको दायराभित्र सीमित हुनुपर्छ भन्ने महासंघको अडान छ ।

भौतिक सुरक्षा नेपाली प्रेसजगतले भोगेको ठूलो समस्या हो ।  पत्रकार मारिने क्रम अहिले पनि कायमै छ । आक्रमण र धम्किका घटना बढिरहेका छन् । प्रकाशित वा प्रसारित समाचारमा चित्त नबुझेमा पत्रपत्रिका जलाउने रेडियो टेलिभिजन कार्यालय वा तिनका सवारी साधन तोडफोड गर्ने क्रम अहिले पनि जारी छ । सरकार र प्रतिपक्षमा बसेका दलहरुबाट, दल आवद्ध संघसंस्थाहरु, सार्वजनिक ओहोदामा रहेका व्यक्ति, सरकारी कर्मचारी र सुरक्षा संयन्त्रबाट यस्ता गतिविधि हुनु खेदपूर्ण काम हो । नेपाल पत्रकार महासंघको अनुगमन इकाइको विवरणअनुसार यस वर्ष मात्रै प्रेस स्वतन्त्रता उल्लंघनका १२५ वटा घटना भएका छन् ।

भौतिक असुरक्षा जस्तै समस्या छ व्यवसायिक असुरक्षाको । सामुहिक सौदाबाजीको अभाव छ । उचित श्रम अभ्यासको कमी छ । पत्रकारले बिनानियुक्तीपत्र, न्यूनतम पारिश्रमिकसमेत नपाउने अवस्थामा पनि काम गर्नुपर्ने बाध्यता छ । यसले न पत्रकारको क्षमता विकास हुनसक्छ न आत्मविश्वास नै बढ्छ । पूँजी लगानीको कमी र प्रतिस्पर्धी क्षमता अभिवृद्धिका लागि प्रतिस्पर्धी बजारको अभावका कारण पत्रकारहरु व्यावसायिकरुपमा पनि हदैसम्म असुरक्षित छन् । श्रमजीवी पत्रकार ऐन लागू नहुने बिडम्वनापूर्ण अवस्थाको अन्त जरुरी छ भनेर हामीले पटकपटक आवाज उठाउँदै आएको छौं । यही अवस्थालाई ध्यानमा राखेर महासंघ न्यायालयको ढोका ढक्ढक्याउन बाध्य भएको निवेदन गर्न चाहन्छु ।

विश्व प्रेस स्वतन्त्रता दिवसले हामीलाई आफनो कर्तव्य पथमा अबिचलितरुपमा लागि रहन प्रेरणा देओस् । थुप्रै प्रतिकुलतासंग जुधेर व्यावसायिक कर्ममा तल्लिन सबै आमसञ्चारकर्मी साथीहरुलाई पुनः एक पटक बधाई दिँदै महासंघ जुनसुकै असजिलो समयमा पनि आफ्ना सदस्यहरुको साथमा रहने विश्वास दिलाउन चाहन्छु ।

३ मे २०१२,

तदनुसार २१ बैशाख २०६९

शिक्षा पत्रकारिता पुरस्कार तथा लेखनवृत्तिका लागि आधार – २०६८
शिक्षा विभाग र नेपाल पत्रकार महासंघको सहकार्यमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि शिक्षा क्षेत्रमा अध्ययन- अनुसन्धानमूलक सामाचार तथा रिपोट्रिङ मार्फत शैक्षिक विकासमा विशेष योगदान पु¥याउने पत्रकार र संस्थालाई हौसला र प्रोत्साहन प्रदान गर्न पुरस्कार तथा लेखनवृत्ति वितरण गरिनेछ ।  यस वर्ष राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारको राषि रु ७५ हाजार, क्षेत्रीय पुरस्कार रु २५ हजार, लेखनवृति १५ हजार एवम् संस्थागत रुपमा टेलिभिजन र राष्ट्रिय दैनिक पत्रिकालाई रु ४० हजार तथा एफ एम रेडियोका लागि २० हजार राशी वितरण गर्ने निर्णय गरिएको छ । यसरी वितरण गरिने पुरस्कार र लेखनवृत्तिका लागि देहाय बमोजिमको आधारहरु तोकिएको छ ।

(क)     राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार ः

1    कुनै पनि सञ्चार माध्यम (छापा, विद्युतीय) मा कम्तिमा ५ वर्ष देखि निरन्तररुपमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिई कार्य गरेको पत्रकार हुनुपर्ने ।

2  विगतका वर्षहरुमा राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्राप्त नगरेको पत्रकार हुनुपर्ने ।

3    नेपाल पत्रकार महासंघको सूचना बमोजिम माग गरिएको व्यक्तिगत विवरण समयमा उपलब्ध गराएको हुनुपर्ने ।

(ख)    क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार ः

1   कुनै पनि सञ्चार माध्यम (छापा, विद्युतीय) मा कम्तिमा ३ वर्ष देखि निरन्तररुपमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिई आफू रहेको क्षेत्रलाई कर्मथलोका रुपमा राखी समसामयिक रुपमा शैक्षिक चुनौति एवम् विद्यालय स्तरीय शिक्षाका मुद्दालाई प्राथमिकाता दिई खोजमुलक तरिकाले अध्ययन र अनुसन्धनात्मक विधिबाट विभिन्न सञ्चार माध्यम मार्फत् आफ्नो प्रकाशित÷प्रसारित लेख, समाचार, रिपोर्टिङ्मा विशेष योगदान पुराएको पत्रकार हुनुपर्ने ।

2   विगतका वर्षहरुमा क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार प्राप्त नगरेको पत्रकार हुनुपर्ने ।

3  नेपाल पत्रकार महासंघको सूचना बमोजिम माग गरिएको व्यक्तिगत विवरण सहित उत्कृष्ठ कम्तिमा ५ सामग्री समयमा उपलब्ध गराएको हुनुपर्ने ।

क्षेत्रीय पुरस्कारका लागि मूल्यांकन आधार

सिनं.    मूल्यांकनका शीर्षक    पूर्णाङ्क

१         सञ्चारमाध्यम          १०

२    अनुभव                             १०

३    निरन्तरता                      १०

४    प्रस्तुती र शैली              २०

५    समाचार सन्तुलन        १०

६    अनुसन्धानमूलक         १०

७    बायोडाटा मूल्याकंन     २०

८    विषयवस्तुको सान्दर्भिकता    १०

जम्मा     १००

(ग)    लेखनवृत्ति ः

1    कुनै पनि सञ्चार माध्यम (छापा, विद्युतीय) मा कम्तिमा ३ वर्ष देखि निरन्तररुपमा शिक्षा बीटमा आफू रहेको क्षेत्रलाई कर्मथलोका रुपमा राखी समसामयिक रुपमा शैक्षिक चुनौति एवम् विद्यालय स्तरीय शिक्षाका मुद्दालाई प्राथमिकाता दिई खोजमुलक तरिकाले अध्ययन र अनुसन्धनात्मक विधिबाट विभिन्न सञ्चार माध्यम मार्फत् आफ्नो प्रकाशित÷प्रसारित लेख, समाचार, रिपोर्टिङ्मा विशेष योगदान पुराएको सम्बन्धित क्षेत्रमा कार्यरत पत्रकार हुनुपर्ने ।

2  विभिन्न सञ्चार माध्यममा कार्यरत रहेर काम गरेका पत्रकारले आफूलाई उत्कृष्ठ लागेको अनुसन्धानमूलक समाचार, लेख, रिपोर्टिङ्मध्ये ५ वटा सामग्री तोकिएको समयभित्र पेश गर्नुपर्ने ।

लेखनवृत्तिका लागि मूल्यांकन आधार

सिनं.    मूल्यांकनका शीर्षक    पूर्णाङ्क

१    सन्देश (विषयवस्तु)     २०

२    भाषा                           १५

३    प्रस्तुति तथा शैली     १५

४    समाचार सन्तुलन     १५

५    अनुसन्धानमूलक     १५

६    सामाजिक प्रभाव     २०

जम्मा     १००

(घ)    संस्थागत पुरस्कार ः

1    प्रकाशन÷प्रसारणका लागि वार्षिक रुपमा उपलब्ध गराईएको स्थान, समय, प्रमुखता, सामग्रीको प्रकृति समाचारले जनसमुदायमा पारेको प्रभाव आदिको आधार लिई नेपाल पत्रकार महासंघले आफू महातहतका संयन्त्रको प्रयोग गरी प्राप्त जानकारीका आधारमा पुरस्कार छनोट समितिले उत्कृष्ठरुपमा योगदान पुराएका संस्थालाई पुरस्कारका लागि सिफारिस गर्नेछ । एफ.एम रेडियोको हकमा महासंघका क्षेत्रीय संयोजकको संयोजकत्वमा गठित समितिले मूल्याङ्कन गरी सिफारिस गरेबमोजिम मूल्यांकन छनोट समितिले छनोट गर्नेछ ।