नेपाल पत्रकार महासंघले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा स्थलगत टोली पठायाे

नेपाल पत्रकार महासंघले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा स्थलगत टोली पठायाे



२०८० पौष ०२

पुस ३, काठमाडौ । नेपाल पत्रकार महासंघले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा स्थलगत टोली पठाएको छ ।

मंगलबार महासंघले वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवाल रहेको टोली भूकम्प प्रभावित जिल्ला पठाएको हो । 
टोलीले भूकम्प प्रभावित जिल्लाका संचारकर्मी र संचार माध्यमहरुको पछिल्लो अवस्थाका वारेमा स्थानीय संचारकर्मीहरुसंग छलफल गर्नेछ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दू भएर मिति २०८० कात्तिक १७ गते राति गएको भूकम्पले रुकुम, जाजरकोट र सल्यानका संचारकर्मी र संचारमाध्यम प्रभावित छन् । यसबाट सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत प्रत्यक्ष प्रभावित भएका छन् ।

प्रारम्भिक जानकारीअनुसार जाजरकोट र रुकुमपश्चिमका ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षति पुगेको छ ।

टोलीले भुकम्प प्रभावित जनताको अवस्थाका बारेमा समेत स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्नेछ । भूकम्प प्रभावित संचारकर्मी र संचारमाध्यमलाई महासंघले आर्थिक राहतसमेत वितरण गर्नेछ ।